Categories समाचार

वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनमा सहयोग गर्न रुस तयार

Advertisement

काठमाडौं ।  उपराष्ट्रपति रामसहाय प्रसाद यादव र नेपालका लागि रुसी महासंघका आवासीय राजदूत एलेक्सी भ्लादिमिरोविच सुरोभत्सेभबीच भेटवार्ता भएको छ। बुधबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा उनीहरूबीच भेटवार्ता भएको हो।

भेटमा राजदूत सुरोभत्सेभले नेपाल–रुस सम्बन्धलाई अझ बलियो बनाउन निरन्तर सहयोग रहने बताएका थिए। उनले नेपाल सरकारबाट अनुरोधसहित सूची प्राप्त भएमा वीरगन्ज चिनी कारखाना, जनकपुर चुरोट कारखानालगायतका औद्योगिक प्रतिष्ठानलाई पुनः सञ्चालन योग्य बनाउन रुसी पक्ष तयार रहेको बताएका थिए।वीरगन्ज चिनी कारखाना करिब दुई दशकदेखि बन्द छ ।

Advertisement

रुस नेपाललाई जलविद्युत, कृषि, चिकित्सा तथा भौतिक पूर्वाधारलगायतका क्षेत्रमा सहयोग गर्न इच्छुक रहेको उनको भनाइ थियो।

Advertisement

त्यस्तै उपराष्ट्रपति यादवले सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल र रुसी महासंघबीच मैत्रीपूर्ण एवं सौहार्दपूर्ण सम्बन्ध रही आएकोप्रति सन्तोष व्यक्त गरेका थिए। उनले यसै वर्ष दुई राष्ट्रबीच कूटनीतिक सम्बन्धको ७०औं वर्ष पूरा हुँदै गरेको प्रसंग उल्लेख गर्दै पारस्परिक सम्मान, समझदारी र मित्रताको अटूट बन्धनमा आधारित सम्बन्धलाई नेपालले सगौरव स्मरण गर्न चाहेको बताए।

‘पछिल्लो समयमा दुई राष्ट्रबीच बढ्दो सांस्कृतिक तथा जनस्तरको आदानप्रदानप्रति नेपालले प्रसन्नता व्यक्त गर्दछ। आगामी दिनहरूमा नेपाल–रुस द्विपक्षीय सम्बन्धमा नयाँ आयाम थपिँदै हाम्रो सम्बन्ध अझ सुदृढ हुने विश्वास लिएको छु,’ उपराष्ट्रपति यादवले भने।

भेटका क्रममा उपराष्ट्रपति यादवले रुसी महासंघको राष्ट्रिय दिवसको अवसरमा मैत्रीपूर्ण रुसी जनताको सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका थिए।साभारःअन्नपूर्णपोष्ट

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *