Categories समाचार

ललितपुरमा कक्षा १२ का विद्यार्थीको मृत्यु : सुसाइड नोटमा कलेज वातावरणप्रति असन्तुष्टि

Advertisement

वीरगञ्ज । ललितपुरस्थित डीएभी कलेज भवनबाट हाम फालेका कक्षा १२ का विद्यार्थी आर्यन सिंहको मृत्यु प्रकरणमा प्रहरीले फेला पारेको सुसाइड नोटले उनी मानसिक तनावमा रहेको संकेत गरेको छ।

प्रहरीका अनुसार आर्यनले हिन्दी रोमन लिपिमा लेखेको नोटमा कलेजको वातावरण र साथीभाइसँगको सम्बन्धप्रति असन्तुष्टि व्यक्त गरेका छन्। यद्यपि नोटमा कुनै व्यक्तिको नाम उल्लेख गरिएको छैन भने कसैलाई प्रत्यक्ष रूपमा दोषी पनि ठहर गरिएको छैन।

Advertisement

सोमबार कलेज भवनबाट हाम फालेपछि गम्भीर घाइते भएका आर्यनलाई उपचारका लागि सुमेरु सिटी अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।

Advertisement

प्रवक्ता एसपी गौतम मिश्रका अनुसार प्रारम्भिक अनुसन्धानबाट आर्यन केही समयदेखि मानसिक दबाबमा रहेको देखिए पनि घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको छ। परिवारप्रति कुनै गुनासो वा असन्तुष्टि नोटमा उल्लेख नभएको प्रहरीले जनाएको छ।

चावहिलमा परिवारसँग बस्दै आएका आर्यन पर्साको वीरगञ्ज महानगरपालिका–२२ का स्थायी बासिन्दा हुन्। घटनापछि प्रहरीले कलेज प्रशासन, सहपाठी र परिवारका सदस्यसँग सोधपुछ गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *