Categories Uncategorized

पर्सा ट्राफिक प्रमुख युवराज कटवाललाई सम्मानसहित बिदाइ

Advertisement

वीरगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक युवराज कटवाललाई सम्मानसहित बिदाइ गरिएको छ।

देश मधेश डटकमका अध्यक्ष तथा सञ्चारकर्मी अभिलाष गुप्ता र सञ्चारकर्मी सन्तोष कुशवाहाले खादा, माला तथा सम्मानपत्र प्रदान गर्दै कटवाललाई बिदाइ गरेका हुन्।

Advertisement

कार्यक्रममा सहभागीहरूले पर्सामा ट्राफिक व्यवस्थापन, सडक सुरक्षा तथा जनचेतना अभिवृद्धिमा कटवालले पुर्‍याएको योगदानको प्रशंसा गर्दै आगामी कार्यजिम्मेवारीका लागि शुभकामना व्यक्त गरेका थिए।

Advertisement

बिदाइ कार्यक्रममा बोल्दै कटवालले आफ्नो कार्यकालमा प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि इमान्दारीपूर्वक जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता जनाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *