Categories समाचार

समाचार प्रकाशनपछि पत्रकारमाथि धम्की र दुव्र्यवहारको आरोप, प्रहरीमा उजुरी

Advertisement

वीरगञ्ज । समाचार प्रकाशनकै विषयलाई लिएर सञ्चारकर्मीमाथि धम्की, दुव्र्यवहार तथा मानसिक दबाब सिर्जना गरिएको आरोप लगाउँदै यात्रा डेली प्रालिले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दर्ता गरेको छ। संस्थाले हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू, विशेषगरी हरिकिशोर साहविरुद्ध पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेको छ।

यात्रा डेलीका अनुसार असार २ गते प्रकाशित “वीरगञ्जका चार ब्युटी पार्लरमाथि कारबाही” शीर्षकको समाचारप्रति असन्तुष्टि जनाउँदै करिब ८ देखि १० जनाको समूह कार्यालयमा प्रवेश गरी गालीगलौज तथा दुव्र्यवहार गरेको थियो। उक्त समूहले सञ्चारकर्मीमाथि आक्रमणको प्रयाससमेत गरेको संस्थाका सञ्चालक राम सर्राफले बताएका छन्।

Advertisement

सर्राफका अनुसार समाचारमा आफ्नो सैलुनको नाम उल्लेख भएको विषयलाई लिएर हरिकिशोर साहसहितका व्यक्तिहरू कार्यालयमै पुगेर सञ्चारकर्मी तथा कर्मचारीलाई धम्कीपूर्ण व्यवहार गरेका थिए। साथै पटक–पटक फोनमार्फत समाचार हटाउन दबाब दिने, कार्यालयमै आएर धम्की दिने तथा कुटपिट गर्ने चेतावनी दिने कार्यसमेत भएको उजुरीमा उल्लेख छ।

Advertisement

घटनापछि यात्रा डेलीले प्रहरीमा उजुरी दर्ता गर्दै दोषीमाथि कानुनी कारबाही, संलग्न व्यक्तिको पक्राउ तथा पत्रकार र कर्मचारीको सुरक्षाको प्रत्याभूति सुनिश्चित गर्न माग गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार उजुरी दर्ता भइसकेको छ र घटनामा संलग्न व्यक्तिहरूको खोजी भइरहेको छ। उहाँले समाचारप्रति असन्तुष्टि भए कानुनी बाटो अपनाउनुको सट्टा धम्की र दुव्र्यवहार गर्नु गलत हुने प्रतिक्रिया दिनुभएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *