वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१९ मा आयोजित श्री बिन्दवासिनी माई टी–२० नकआउट क्रिकेट प्रतियोगिता भव्य समारोहबीच उद्घाटन गरिएको छ।
उद्घाटन समारोहमा बोल्दै वक्ताहरुले खेलकुदले युवालाई अनुशासित, स्वस्थ र जिम्मेवार नागरिक बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउँदै यस्ता प्रतियोगिताले युवा एकता, सद्भाव र सामाजिक रूपान्तरणमा सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरे।
प्रतियोगितामा विभिन्न टोलीहरूको सहभागिता रहने जनाइएको छ। स्थानीय खेल प्रतिभाको पहिचान र खेलकुद संस्कृतिको विकासमा प्रतियोगिताले महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।







