Categories समाचार

अमर्यादित गतिविधि र सामाजिक सञ्जाल दुरुपयोगप्रति प्रेस काउन्सिल चिन्तित

Advertisement

वीरगंज । प्रेस काउन्सिल नेपालले पछिल्लो समय केही सञ्चारमाध्यम, पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्ताबाट पत्रकारिता आचारसंहिता विपरीत गतिविधि बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेको छ।

काउन्सिलले बिना अनुमति तथा परिचयपत्र विभिन्न कार्यक्रम, कार्यालय र शैक्षिक संस्थामा प्रवेश गरी अमर्यादित व्यवहार गर्ने, विवाद सिर्जना गर्ने तथा त्यस्ता दृश्य सामाजिक सञ्जालमा प्रसारण गर्ने प्रवृत्ति बढेको जनाएको छ।

Advertisement

काउन्सिलका अनुसार अनलाइन न्युज पोर्टल दर्ता गरे पनि नियमित समाचार सामग्री प्रकाशन नगरी फेसबुक पेज, युट्युब च्यानल तथा रिल्समार्फत मात्रै भ्युज र मोनिटाइजेसन केन्द्रित सामग्री सम्प्रेषण गर्ने अभ्यास बढ्दो क्रममा छ। तथ्यहीन, गालीगलौजपूर्ण र झैझगडायुक्त सामग्री सम्पादनबिनै प्रसारण गरिँदा पत्रकारिता क्षेत्रको विश्वसनीयता र गरिमामा नकारात्मक असर परेको काउन्सिलको ठहर छ।

Advertisement

काउन्सिलले सत्य, तथ्य, निष्पक्ष र जिम्मेवार पत्रकारितामार्फत मात्र पेशाको मर्यादा कायम रहने उल्लेख गर्दै सम्पूर्ण सञ्चारमाध्यम, पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आचारसंहिताको परिधिभित्र रही सामग्री सम्प्रेषण गर्न आग्रह गरेको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *