Categories समाचार

रास्वपा महाधिवेशनमा उम्मेदवारीका लागि नयाँ व्यवस्था, प्रस्तावक–समर्थकले चुनाव लड्न नपाउने

Advertisement

वीरगंज । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्तासम्बन्धी विशेष मापदण्ड लागू गरिएको छ।

केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको सूचनाअनुसार कुनै पनि उम्मेदवारका प्रस्तावक वा समर्थक बनेका महाधिवेशन प्रतिनिधिले आफैं उम्मेदवारी दिन पाउने छैनन्।

Advertisement

सभापति पदका उम्मेदवारका लागि एक प्रस्तावक र ५१ समर्थक तथा केन्द्रीय सदस्यका लागि एक प्रस्तावक र २१ समर्थक अनिवार्य गरिएको छ। प्रस्तावक र समर्थकको हस्ताक्षरसहितको विवरण पेश गर्नुपर्ने व्यवस्था गरिएको आयोगले जनाएको छ।

Advertisement

साथै, एक व्यक्तिले एक जना उम्मेदवारको मात्र प्रस्तावक बन्न सक्ने नियम बनाइएको छ। तोकिएको मापदण्ड विपरीत दर्ता भएका उम्मेदवारी स्वतः बदर हुने आयोगको चेतावनी छ। महाधिवेशनमा सभापति, पदाधिकारी र केन्द्रीय सदस्य पदका लागि क्रमशः ५१ हजार, ४१ हजार र २१ हजार रुपैयाँ मनोनयन शुल्क निर्धारण गरिएको छ।

प्रतिनिधि विवादका कारण बन्दसत्र निर्धारित समयमै सुरु हुन नसक्दा महाधिवेशनको प्रक्रिया भने प्रभावित बनेको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *