Categories समाचार

छातापिपरामा भीषण दुर्घटना : पैदलयात्रीसहित तीन जनाको ज्यान गयो

Advertisement

वीरगन्ज । बाराको जितपुरसिमरा उपमहानगरपालिका–९ छातापिपरामा सोमबार साँझ भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। वीरगन्ज–पथलैया सडकखण्डमा जीतपुरबाट वीरगन्जतर्फ जाँदै गरेको बा ६८ प ७५९१ नम्बरको मोटरसाइकलले सडक पार गरिरहेका अन्दाजी ३५ वर्षीय एक पुरुषलाई ठक्कर दिएको थियो।

दुर्घटनामा पैदलयात्रीसहित मोटरसाइकलमा सवार दुई युवक गम्भीर घाइते भएका थिए। सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जितपुरबाट प्रहरी वरिष्ठ नायब निरीक्षक उमेश निरौलाको नेतृत्वमा ट्राफिक प्रहरीसहितको टोली घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरी उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पताल र मेडिसिटी बयोधा अस्पताल पठाएको थियो।

Advertisement

उपचारका क्रममा पहिचान नखुलेका पैदलयात्रीलाई नारायणी अस्पतालमा मृत घोषणा गरिएको थियो भने मोटरसाइकल चालक काठमाडौंको टोखा नगरपालिका निवासी अन्दाजी २० वर्षीय डिजेन जोशी र पछाडि सवार बाराको जितपुरसिमरा–१ पथलैया निवासी २० वर्षीय सभ्य अधिकारीको पनि बयोधा अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

Advertisement

दुर्घटनामा संलग्न मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *