Categories समाचार

दुर्घटनामा गुमेका जीवनप्रति श्रद्धाञ्जली, वीरगञ्जमा दीप प्रज्वलन

Advertisement

वीरगञ्ज । सडक दुर्घटनाबाट ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा वीरगञ्जको घण्टाघर चोकमा दीप प्रज्वलन गरिएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले सञ्चालन गरिरहेको ‘ट्राफिक जनचेतनामूलक कार्यक्रम–२०८३’ अन्तर्गत सातौं दिन उक्त कार्यक्रम आयोजना गरिएको हो। “ट्राफिक नियमको पालना गरौं, सवारी दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऔं” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो।

Advertisement

कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी, यातायात व्यवस्था कार्यालय नारायणी पर्सा, सामुदायिक प्रहरी सेवा केन्द्र ग्रिनसिटी छप्कैया, 100 Groups पर्सा, विभिन्न क्लब तथा संघसंस्थाका प्रतिनिधि, चालक, व्यवसायी, पत्रकार, नगर प्रहरी तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो।

Advertisement

सहभागीहरूले दीप प्रज्वलन गर्दै सडक सुरक्षा सबैको साझा जिम्मेवारी भएको उल्लेख गरेका थिए। कार्यक्रममा ट्राफिक नियमको पालना, सचेतना अभिवृद्धि तथा दुर्घटना न्यूनीकरणका लागि सामूहिक प्रतिबद्धता व्यक्त गरिएको थियो।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *