Categories शिक्षा

वीरगञ्जमा टाइम रिलिज स्टडीसम्बन्धी ८ दिने प्रशिक्षण सम्पन्न

वीरगञ्ज । वीरगञ्जस्थित हरी खेतान बहुमुखी क्याम्पसमा सञ्चालन गरिएको टाइम रिलिज स्टडी (TRS) सम्बन्धी ८ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। वीरगञ्ज भन्सार कार्यालयको सहयोगमा आयोजित उक्त कार्यक्रममा क्याम्पसका २० जना विद्यार्थी सहभागी भएका थिए।

प्रशिक्षणका क्रममा विद्यार्थीहरूले भन्सार प्रक्रिया, आयात–निर्यातमा लाग्ने समयको अध्ययन, तथ्यांक संकलन तथा व्यवहारिक अनुसन्धानका विषयमा जानकारी प्राप्त गरेका थिए। सहभागीहरूले कार्यक्रमले सैद्धान्तिक ज्ञानलाई व्यवहारमा प्रयोग गर्ने अवसर दिएको प्रतिक्रिया दिएका छन्।

Advertisement

समापन कार्यक्रममा सहभागी सबै विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिएको थियो। साथै प्रत्येकलाई ७ हजार ५ सय रुपैयाँका दरले नगद प्रोत्साहन रकम समेत वितरण गरिएको आयोजकले जनाएको छ।

Advertisement

कार्यक्रममा वीरगञ्ज भन्सार कार्यालयका प्रमुख काजीबाबु कोइराला प्रमुख अतिथि तथा जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी राजु कार्की लगायतको उपस्थिति रहेको थियो।

वक्ताहरूले यस्ता अध्ययनमूलक तथा व्यवहारिक कार्यक्रमले विद्यार्थीहरूको अनुसन्धान क्षमता, व्यावसायिक सीप र आत्मविश्वास अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *