Categories शिक्षा

बहुदरमाईमा बालविकासका विद्यार्थीलाई ब्याग वितरण

वीरगंज । “शिक्षाले रोजगार, रोजगारले सक्षम परिवार” भन्ने नारासहित बहुदरमाई नगरपालिकाको वडा नं. २ स्थित पिपरा टोलमा रहेको श्री शान्ति सृजना प्राथमिक विद्यालयका बालविकास तहका विद्यार्थीहरूलाई विद्यालय ब्याग वितरण गरिएको छ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा बहुदरमाई नगरपालिकाका मेयर प्रत्याशी राकेश यादव (मितवा) को आयोजनामा विद्यार्थीहरूलाई ब्याग प्रदान गरिएको हो। कार्यक्रमलाई साल्ट ट्रेडिङ कर्पोरेशन, काठमाडौंले सहयोग गरेको आयोजकले जनाएको छ।

Advertisement

ब्याग वितरणपछि नेता यादवले बालबालिकाको शिक्षामा लगानी गर्नु नै समृद्ध समाज निर्माणको आधार भएको बताउँदै आर्थिक अवस्था कमजोर भएका परिवारका विद्यार्थीलाई यस्ता सहयोगले विद्यालयप्रतिको आकर्षण बढाउने विश्वास व्यक्त गरे। उनले शिक्षा, रोजगार र सक्षम परिवार निर्माण एकअर्कासँग जोडिएको विषय भएकाले बालबालिकाको उज्ज्वल भविष्यका लागि सबै पक्षले सहकार्य गर्नुपर्ने धारणा राखे।

Advertisement

स्थानीय अभिभावक तथा विद्यालय परिवारले यस्ता शैक्षिक सहयोगात्मक कार्यक्रमले विद्यार्थीमा उत्साह थपिएको भन्दै आयोजक र सहयोगी संस्थाप्रति आभार व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *