Categories Uncategorized

सागमा कीरा भेटिएपछि होटललाई ५० हजार जरिवाना

वीरगंज । चितवनमा रास्वपाको महाधिवेशनका क्रममा होटलको अम्लेटमा माछाको काँडा भेटिएको घटना चर्चामा रहेका बेला पश्चिम नवलपरासीमा पनि खाद्य स्वच्छतामाथि प्रश्न उठाउने अर्को घटना सार्वजनिक भएको छ।

बर्दघाट नगरपालिका–२ चिसापानीस्थित रोयल कटेज प्रालिलाई खाद्य स्वच्छता मापदण्ड उल्लङ्घन गरेको ठहर गर्दै जिल्ला प्रशासन कार्यालयले ५० हजार रुपैयाँ जरिवाना गरेको छ।

Advertisement

बालमैत्री स्थानीय तह घोषणासम्बन्धी अनुगमनका क्रममा सहायक प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारी नेतृत्वको टोली उक्त होटलमा भोजन गर्न पुगेको थियो। खाना खाने क्रममा सागमा सङ्खे कीरा भेटिएपछि तत्काल सम्बन्धित निकायलाई जानकारी गराइएको थियो।

Advertisement

त्यसपछि जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालयलगायतका निकायको संयुक्त टोलीले होटलमा अनुगमन गर्दा प्रयोगमा रहेका खाद्य सामग्री, भान्साको सरसफाइ तथा तयार परिकारहरू खाद्य स्वच्छता मापदण्डअनुसार नरहेको पाइएको प्रशासनले जनाएको छ।

अनुगमनबाट खाद्य स्वच्छतासम्बन्धी मापदण्ड पालना नगरेको निष्कर्ष निकाल्दै प्रशासनले होटललाई ५० हजार रुपैयाँ जरिवाना गरेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *