Categories समाचार

मधेसका २५ करोडसम्मका उद्योगको प्रशासनिक काम अब वीरगञ्जबाट

Advertisement

वीरगञ्ज । मधेस प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री कनिष पटेलले उद्योग विभाग त्रिपुरेश्वरबाट हस्तान्तरण भई आएका २५ करोड रुपैयाँसम्म स्थिर पुँजी भएका उद्योगसम्बन्धी सम्पूर्ण फाइल उद्योग विभाग वीरगञ्जका निमित्त महानिर्देशक रिमा साहलाई औपचारिक रूपमा हस्तान्तरण गरेका छन्।

हस्तान्तरण कार्यक्रममा मन्त्रालयका प्रदेश सचिव जयकुमार घिमिरे र शाखा अधिकृत नविन सिंहको समेत उपस्थिति रहेको थियो।

Advertisement

मन्त्रालयका अनुसार अब मधेस प्रदेशभरका १० करोडदेखि २५ करोड रुपैयाँसम्म स्थिर पुँजी भएका मझौला उद्योगहरूको दर्ता, नवीकरण, पुँजीवृद्धि तथा अन्य सम्पूर्ण उद्योग प्रशासनसम्बन्धी सेवा उद्योग विभाग वीरगञ्जबाट नै प्रदान गरिनेछ।

Advertisement

यस व्यवस्थासँगै मधेस प्रदेशका उद्योगी–व्यवसायीले उद्योग प्रशासनसम्बन्धी सेवा लिन काठमाडौं धाउनुपर्ने बाध्यता हट्ने र सेवा प्रवाह थप सहज, छिटो तथा प्रभावकारी हुने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *