Categories समाचार

गहवामाई मन्दिरमा निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा

वीरगंज । वीरगञ्जस्थित माईस्थान मन्दिर परिसरमा शनिबार श्री गहवामाई तीर्थ क्षेत्र विकास समितिको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। आर्थिक अभावका कारण गुणस्तरीय स्वास्थ्य सेवाबाट वञ्चित हुने श्रद्धालु तथा स्थानीय सर्वसाधारणलाई लक्षित गर्दै समितिले हरेक वर्ष सञ्चालन गर्दै आएको शिविर यस वर्ष पनि आयोजना गरेको हो।

समितिका अध्यक्ष श्याम पोखरेल, उपाध्यक्ष देवानन्द कलवार, सचिव पप्पु गुप्ता र कोषाध्यक्ष रवि अग्रवाल सम्मिलित समितिले गठन गरेको उपसमितिका संयोजक श्याम गुप्ताको नेतृत्वमा सम्पन्न शिविरको उद्घाटन चिकित्सक डा. मनोज गुप्ताले गरेका थिए।

Advertisement

समितिका सचिव पप्पु गुप्ताका अनुसार असार ३२ गते आयोजना हुने गहवामाई रथयात्रालाई लक्षित गर्दै शिविर सञ्चालन गरिएको हो। शिविरमा ३५५ जनाले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिएका छन्।

Advertisement

शिविरमा आँखा, दाँत, हाडजोर्नी, कान रोग, मधुमेह तथा थाइराइडसम्बन्धी परीक्षण र विशेषज्ञ परामर्श सेवा उपलब्ध गराइएको थियो। साथै, परीक्षणका क्रममा मोतियाबिन्दु पहिचान भएका बिरामीहरूको निःशुल्क शल्यक्रियाको व्यवस्था पनि समितिको पहलमा गरिने उपसमितिका संयोजक श्याम गुप्ताले जानकारी दिए।

कार्यक्रम सफल बनाउन सहसंयोजक अनुप कुमार अग्रवाल तथा समितिका सदस्यहरू ओशन गुप्ता, राजन गुप्ता, ललित अग्रवाल, विवेक कुमार, मुन्ना सर्राफलगायतले सक्रिय भूमिका निर्वाह गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *