Categories समाचार

हरुवा–चरुवा लक्षित वर्गलाई १०० प्रतिशत अनुदानमा बाख्रा वितरण

Advertisement

वीरगंज । हरुवा–चरुवा लगायत लक्षित वर्गको जीविकोपार्जनमा टेवा पुर्‍याउने उद्देश्यले बाराको प्रसौनी गाउँपालिका–५ मा १०० प्रतिशत अनुदानमा बाख्रा वितरण कार्यक्रम सम्पन्न गरिएको छ।

श्रीराम दलित महिला कृषक समूहको आयोजनामा तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, बाराको आर्थिक सहयोगमा आयोजित कार्यक्रममा १५ जना लाभग्राहीलाई एक–एक जोडी बाख्रा गरी कुल १५ जोडी बाख्रा १०० प्रतिशत अनुदानमा वितरण गरिएको हो।

Advertisement

कार्यक्रमका प्रमुख अतिथि प्रसौनी गाउँपालिकाका अध्यक्ष बिनोद प्रसाद जैसवालले लक्षित वर्गको आयआर्जन वृद्धि, आत्मनिर्भरता र आर्थिक सशक्तीकरणका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने बताउँदै प्राप्त बाख्राको उचित हेरचाह र व्यावसायिक पालनमार्फत आर्थिक अवस्था सुदृढ बनाउन लाभग्राहीलाई आग्रह गर्नुभयो।

Advertisement

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, पशु सेवा सम्बन्धी कर्मचारी, कृषक तथा स्थानीयवासीको सहभागिता रहेको थियो। आयोजकका अनुसार यस्ता कार्यक्रमले हरुवा–चरुवा लगायत विपन्न समुदायको जीविकोपार्जनमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *