Categories समाचार

कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने २५ विद्यार्थीलाई बिपिएस +२ कलेजद्वारा सम्मान

Advertisement

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–९, रानिघाटस्थित बिपिएस +२ कलेजले राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत कक्षा १२ को परीक्षामा A+ तथा A ग्रेड हासिल गरेका २५ जना विद्यार्थीलाई सम्मान, बधाई तथा शुभकामना प्रदान गरेको छ।

कलेज परिसरमा आयोजित कार्यक्रममा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरूलाई सम्मान गर्दै उनीहरूको उज्ज्वल भविष्यको कामना गरिएको थियो।

Advertisement

कार्यक्रमका अध्यक्ष तथा कलेजका एकेडेमिक डाइरेक्टर दीपक पटेलले विद्यार्थीहरूको सफलताले कलेज परिवारलाई गौरवान्वित बनाएको बताउँदै गुणस्तरीय शिक्षा, अनुशासित शैक्षिक वातावरण र दक्ष शिक्षकमार्फत विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि कलेज निरन्तर प्रतिबद्ध रहेको बताए।

Advertisement

उनले भने, “विद्यार्थीहरूको सफलता नै हाम्रो सबैभन्दा ठूलो उपलब्धि हो। आगामी दिनमा पनि गुणस्तरीय शिक्षा, अनुशासित शैक्षिक वातावरण तथा आधुनिक शिक्षण पद्धतिमार्फत अझ उत्कृष्ट नतिजा हासिल गर्ने लक्ष्यका साथ हामी अघि बढिरहेका छौँ। सबै विद्यार्थीलाई आत्मविश्वासका साथ जीवनका हरेक क्षेत्रमा सफलता प्राप्त होस् भन्ने शुभकामना व्यक्त गर्दछु।”

कार्यक्रममा कलेजका डाइरेक्टर सन्दीप कुशवाहा, प्रिन्सिपल प्रभात मेहता तथा शिक्षकहरू दिपेन्द्र कानु, विशेष द्विवेदी, रेश्मा पटेल, सदीक्षा सुवेदी, अंगद यादव, आकाश पटेल, दयानन्द बैठा, निर्मल ताम्राकारलगायत सञ्चारकर्मी र विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको समापन विद्यार्थीहरूबीच शुभकामना आदानप्रदान तथा सामूहिक तस्बिर खिचेर गरिएको थियो।

यसैबीच, कलेजले कक्षा ११ को व्यवस्थापन (Management) संकायमा नयाँ भर्ना प्रक्रिया जारी रहेको जानकारी दिँदै इच्छुक विद्यार्थीलाई समयमै भर्ना प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *