वीरगंज । जिल्ला प्रहरी परिसर काठमाडौंले कोटेश्वरस्थित खरिबोट क्षेत्रबाट आफूलाई गृह मन्त्रालयको जिम्मेवार व्यक्ति भन्दै प्रहरी कार्यालयमा अनधिकृत पहुँच राख्न खोज्ने एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ३० वर्षीय आदित्य सिंह रहेका छन्। प्रहरीले दिएको जानकारीअनुसार सिंहले आफू गृह मन्त्रालयसँग सम्बन्धित जिम्मेवार व्यक्ति भएको परिचय दिँदै प्रहरी कार्यालयमा अनधिकृत पहुँच कायम गर्न प्रयास गरेका थिए।
घटनापछि प्रहरीले उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ। यस घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


