Categories अर्थ समाचार

सुनको मूल्यमा एकैदिन ४ हजार ५०० रुपैयाँको गिरावट, चाँदी पनि सस्तियो

वीरगंज । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ४ हजार ५०० रुपैयाँले घटेर २ लाख ७७ हजार ९०० रुपैयाँ कायम भएको हो।

सोमबार प्रतितोला सुन २ लाख ८२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। एकैदिनमा भएको यो गिरावटले सुन खरिद गर्ने उपभोक्तालाई केही राहत मिलेको छ।

Advertisement

सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार मंगलबार चाँदी प्रतितोला ४ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदीको मूल्य प्रतितोला ४ हजार ३१० रुपैयाँ रहेको थियो।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *