Categories समाचार

मादक पदार्थ सेवन गरेर विद्यालयको भ्यान चलाउँदा दुर्घटना, दुई विद्यार्थी घाइते

वीरगंज । कास्कीको पोखरा महानगरपालिका–१७ मुस्ताङचोकमा मादक पदार्थ सेवन गरी विद्यालयको भ्यान चलाउँदा दुर्घटना भएको छ। दुर्घटनामा दुई जना विद्यार्थी सामान्य घाइते भएका छन् भने चालकलाई प्रहरीले पक्राउ गरेको छ।

हेप्पी बोर्डिङ स्कुलको ग १ क ६६२२ नम्बरको भ्यान बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

Advertisement

दुर्घटनामा पोखरा महानगरपालिका–६ दिगोपाटन निवासी १६ वर्षीय अमृत परियारको बायाँ खुट्टामा सामान्य चोट लागेको छ। त्यसैगरी पोखरा महानगरपालिका–१८ सेदी निवासी १६ वर्षीय अंकित कुँवरको दायाँ हात र खुट्टामा सामान्य चोट लागेको छ।

Advertisement

घाइते दुवै विद्यार्थीलाई उपचारका लागि नमस्ते अस्पताल पठाइएको छ। उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि सम्पर्कविहीन भएका स्याङ्जाको फेदीखोला गाउँपालिका–२ निवासी ५२ वर्षीय चालक बलराम भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा चालकले मादक पदार्थ सेवन गरेको खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *