Categories समाचार

३ मोटरसाइकलसहित ९ लाख बढीको अवैध सामान नियन्त्रणमा

वीरगञ्ज । सशस्त्र प्रहरी बल, नेपाल बि.ओ.पि. बरैनिया, बाराबाट खटिएको टोलीले सीमावर्ती क्षेत्रमा अवैध रूपमा ओसारपसार भइरहेको करिब रु. ९ लाख ६४ हजार ४ सय बराबरको अवैध सामान बरामद गरेको छ।

सशस्त्र प्रहरीका अनुसार असार १९ गते गरिएको विशेष चेकजाँचका क्रममा अवैध रूपमा भित्र्याइँदै गरेका ३ वटा मोटरसाइकल तथा विभिन्न किसिमका सामान बरामद गरिएको हो।

Advertisement

बरामद गरिएका मोटरसाइकल र अन्य सामानको कुल अनुमानित मूल्य रु. ९ लाख ६४ हजार ४ सय रहेको जनाइएको छ।

Advertisement

सशस्त्र प्रहरीले बरामद सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाउने तयारी गरेको जनाएको छ। साथै, सीमावर्ती क्षेत्रमा हुने अवैध ओसारपसार नियन्त्रणका लागि निगरानी र चेकजाँचलाई थप कडाइका साथ निरन्तरता दिइने पनि जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *