Categories समाचार

शंकास्पद गतिविधिको सूचनापछि टीभीएस कार्यालयमा प्रहरी छापा, एक कर्मचारी नियन्त्रणमा

वीरगञ्ज । वडा प्रहरी कार्यालय श्रीपुरले वीरगञ्जस्थित टीभीएस मोटरसाइकल कम्पनीको कार्यालयमा छापा मार्दै एक कर्मचारीलाई नियन्त्रणमा लिएको छ।

प्रहरी निरीक्षक नविन थापा मगरको नेतृत्वमा खटिएको टोलीले यातायात व्यवस्था कार्यालय नजिक रहेको कम्पनीको कार्यालयमा पुगेर खानतलासी गरेको हो। प्रहरीका अनुसार कार्यालयमा शंकास्पद गतिविधि भइरहेको भन्ने सूचनाका आधारमा उक्त कारबाही गरिएको हो।

Advertisement

छापामारीका क्रममा प्रहरीले कार्यालयबाट केही महत्वपूर्ण कागजातसमेत नियन्त्रणमा लिएको जनाएको छ। नियन्त्रणमा लिइएका कर्मचारी र बरामद कागजातलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सा पठाउने तयारी भइरहेको प्रहरी निरीक्षक थापा मगरले जानकारी दिएका छन्।

Advertisement

प्रहरीले घटनासम्बन्धी अनुसन्धान जारी रहेको जनाएको छ। यद्यपि, छापामारीको वास्तविक कारण, नियन्त्रणमा लिइएका कर्मचारीको परिचय तथा अनुसन्धानको विषयवस्तुबारे हालसम्म विस्तृत जानकारी सार्वजनिक गरिएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *