Categories शिक्षा समाचार

कुमारी बैंकद्वारा पचरुखीका विद्यार्थीलाई विद्यालय ब्याग र खानेपानी फिल्टर वितरण

Advertisement

वीरगञ्ज । कुमारी बैंक लिमिटेड शाखा सुकदेव चोकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत दुर्गा भगवती गाउँपालिका–४ स्थित दलित उत्थान सामुदायिक प्राथमिक विद्यालय, पचरुखीका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ।

शुक्रबार आयोजित कार्यक्रममा कुमारी बैंकका मधेश प्रदेश सञ्चालन प्रमुख रञ्जित कुमार यादवको प्रमुख आतिथ्यमा विद्यालयका विद्यार्थीलाई २ सय थान विद्यालय ब्याग तथा विद्यालयका लागि एक थान खानेपानी फिल्टर हस्तान्तरण गरिएको हो।

Advertisement

कार्यक्रममा बैंकका प्रतिनिधिहरू, विद्यालय परिवार, स्थानीय जनप्रतिनिधि तथा अभिभावकहरूको सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै वक्ताहरूले बैंकले शिक्षा क्षेत्रमा गरेको सहयोगले विद्यार्थीलाई अध्ययनमा थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरे।

Advertisement

दुर्गा भगवती गाउँपालिका–४ का वडाको तर्फबाट कुमारी बैंक लिमिटेड शाखा सुकदेव चोकलाई सामाजिक उत्तरदायित्वअन्तर्गत गरेको सहयोगका लागि विशेष धन्यवाद व्यक्त गरिएको छ। साथै, यस्ता सामाजिक कार्यले समुदाय र शैक्षिक संस्थाको विकासमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *