Categories समाचार

बैतडीमा यात्रुबाहक बस २०० मिटर तल खस्यो, १७ जना घाइते

बैतडी । बैतडीको पाटन नगरपालिका–९ गैराखानस्थित दशरथचन्द राजमार्गमा शुक्रबार यात्रुबाहक बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते भएका छन्।

धनगढीबाट बैतडीतर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ ख ३९६३ नम्बरको बस सडकबाट करिब २ सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो।

Advertisement

दुर्घटनामा चालकसहित बसमा सवार १७ जना घाइते भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

Advertisement

घटनापछि स्थानीयवासी, प्रहरी तथा अन्य सुरक्षा निकायको सहयोगमा घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाउने कार्य भइरहेको छ।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *