Categories Uncategorized

जरिवाना बुझाएपछि पूर्वगाउँपालिका अध्यक्ष चौरसिया रिहा

वीरगञ्ज । पर्साको पकहाँमैनपुर गाउँपालिकाका पूर्वअध्यक्ष विजयकुमार चौरसिया अदालतले तोकेको १० हजार रुपैयाँ जरिवाना बुझाएपछि रिहा भएका छन्।

कुटपिट मुद्दामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले सुनाएको १० हजार रुपैयाँ जरिवाना नतिरेपछि उनलाई प्रहरीले शुक्रबार पर्सा जिल्ला अदालत नजिकबाट नियन्त्रणमा लिएको थियो।

Advertisement

विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–१३ राधेमाईस्थित अदालत नजिकबाट चौरसियालाई पक्राउ गरेको थियो।

Advertisement

वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक नविन थापा मगरका अनुसार अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा चौरसियालाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया पूरा गरी अदालतमा उपस्थित गराइएको थियो। अदालतमा उनले तोकिएको १० हजार रुपैयाँ जरिवाना बुझाएपछि अदालतको आदेशअनुसार उनी रिहा भएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *