Categories समाचार

आफ्नो पक्राउको समाचारप्रति पूर्वअध्यक्ष चौरसियाको गम्भीर आपत्ति

Advertisement

वीरगञ्ज । पकहाँमैनपुर गाउँपालिकाका पूर्वअध्यक्ष विजयकुमार चौरसियाले आफू पक्राउ परेको भन्ने समाचार पूर्ण रूपमा झुटो, भ्रामक र आधारहीन रहेको बताएका छन्।

शनिबार सार्वजनिक गरेको विज्ञप्तिमार्फत चौरसियाले केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आफ्नो पक्राउ सम्बन्धी प्रसारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आफू कुनै पनि निकायबाट पक्राउ नपरेको स्पष्ट पारेका हुन्।

Advertisement

उनले सत्यतथ्य पुष्टि नगरी यस्ता समाचार प्रकाशन तथा प्रसारण गर्नु पत्रकारिताको मर्यादाविपरीत हुनुका साथै आमजनतामा भ्रम सिर्जना गर्ने कार्य भएको उल्लेख गरेका छन्।

Advertisement

चौरसियाले सम्पूर्ण सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा शुभेच्छुकहरूलाई अपुष्ट र भ्रामक समाचारमा विश्वास नगर्न तथा आधिकारिक स्रोतबाट प्राप्त जानकारीलाई मात्र विश्वास गर्न आग्रह गरेका छन्।

यसअघि चौरसियाको पक्राउ सम्बन्धी विभिन्न समाचार तथा पोस्टहरू सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएका थिए। त्यसै विषयमा उनले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै ती समाचारको खण्डन गरेका हुन्।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *