म्याग्दी । म्याग्दीमा १३ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा ६८ वर्षीय एक पुरुष पक्राउ परेका छन्।
प्रहरीका अनुसार धौलागिरी गाउँपालिका–७ धारापानी निवासी ६८ वर्षीय इन्द्रबहादुर परियारले सोही जिल्लाकी १३ वर्षीया बालिकालाई आफ्नै घरको कोठामा लगी मोबाइल दिने प्रलोभन देखाई ललाई–फकाई जबर्जस्ती करणी गरेको आरोपमा जाहेरी दर्ता भएपछि उनलाई नियन्त्रणमा लिइएको हो।
घटनापछि प्राप्त जाहेरीका आधारमा आरोपितलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।


