Categories समाचार

रगत अभाव टार्न वीरगञ्ज वडा नम्बर ३ को उदाहरणीय अभियान

वीरगञ्ज । वीरगञ्जस्थित रक्त सञ्चार केन्द्रमा रगतको अभाव भएपछि वीरगञ्ज महानगरपालिका–३ वडा कार्यालयले मानवीय जिम्मेवारी निभाउँदै शनिबार आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरेको छ।

अत्यधिक गर्मीका कारण रगतको माग बढ्दै गएको र बिरामीलाई समयमै रगत उपलब्ध गराउन कठिनाइ हुन थालेपछि छपकैयास्थित वडा कार्यालयको पहलमा रक्तदान कार्यक्रम सञ्चालन गरिएको हो।

Advertisement

वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा एक जना महिलासहित २२ जनाले स्वेच्छिक रूपमा रक्तदान गरेका छन्। रक्तदान गर्नेहरूमा निलु श्रेष्ठ, विशाल सरार्फ, निखिल सरार्फ, अमित सरार्फलगायत सहभागी रहेका थिए।

Advertisement

कार्यक्रम वीरगञ्ज महानगरपालिका–३ का वडाध्यक्ष बैजुलाल स्वर्णकारको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष निरञ्जन मिश्रलगायत स्थानीय समाजसेवी तथा सर्वसाधारणको पनि उपस्थिति रहेको थियो।

वडा कार्यालयले रगतको अभावका कारण कुनै पनि बिरामी उपचारबाट वञ्चित नहोस् भन्ने उद्देश्यका साथ आयोजना गरिएको यस कार्यक्रमले सामाजिक उत्तरदायित्व र मानव सेवाप्रतिको प्रतिबद्धता झल्काएको सहभागीहरूले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *