Categories समाचार

स्वामी विवेकानन्दको पुण्यतिथिमा भारत विकास परिषद्को श्रद्धाञ्जली

वीरगंज । भारत विकास परिषद्, शाखा–रक्सौलले शनिबार स्वामी विवेकानन्दको १२४औँ पुण्यतिथि श्रद्धापूर्वक मनाउँदै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ।

लक्ष्मीपुरस्थित महाराजा बैंक्वेट हलमा आयोजित कार्यक्रममा भारत माता र स्वामी विवेकानन्दको तस्बिरमा माल्यार्पण तथा पुष्पाञ्जली अर्पण गरिएको थियो।

Advertisement

कार्यक्रमलाई सम्बोधन गर्दै शाखा अध्यक्ष रजनीश प्रियदर्शीले स्वामी विवेकानन्दका विचार आज पनि युवापुस्ताका लागि प्रेरणादायी रहेको बताए। उनले अनुशासन, चरित्र, आत्मविश्वास र राष्ट्रसेवाको भावना आत्मसात गर्दै युवाले स्वामी विवेकानन्दको आदर्शलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए।

Advertisement

कार्यक्रमका अन्य वक्ताहरूले पनि स्वामी विवेकानन्दको जीवन र विचार राष्ट्र निर्माण तथा समाज सेवाका लागि मार्गदर्शक रहेको उल्लेख गर्दै उहाँका आदर्शलाई जीवनमा अपनाउन सबैलाई आग्रह गरेका थिए।

कार्यक्रममा परिषद्का पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको जानकारी सम्पर्क संयोजक उमेश सिकारिया र सेवा संयोजक एवं मिडिया इन्चार्ज विमलकुमार सर्राफले संयुक्त रूपमा दिएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *