Categories समाचार

जंगली हात्तीको आक्रमणमा आमा र ४ वर्षीय छोराको मृत्यु, घर पनि जलेर नष्ट

Advertisement

वीरगंज । चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा जंगली हात्तीको आक्रमणबाट आमा र ४ वर्षीय छोराको ज्यान गएको छ।

शनिबार राति करिब ११ बजे पूर्ण बोटेको घरमा पसेको जंगली हात्तीले सुतिरहेका उनकी २५ वर्षीया श्रीमती आशिका बोटे र ४ वर्षीय छोरा भरत बोटेमाथि आक्रमण गर्दा घटनास्थलमै दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ।

Advertisement

हात्ती धपाउने प्रयासमा पूर्ण बोटेले आगो बाल्दा उनको कच्ची घरमा समेत आगलागी भएको थियो। घटनाको जानकारी पाएलगत्तै नेपाली सेना र इलाका प्रहरी कार्यालय गीतानगरबाट खटिएको प्रहरी टोलीले आगो नियन्त्रणमा लिएको थियो।

Advertisement

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *