Categories समाचार

भोजपुरी संस्कृति विषयक वक्तृत्वकला तथा मौलिक गीत प्रतियोगिता सम्पन्न

Advertisement

वीरगञ्ज। नेपाल भोजपुरी समाजको आयोजनामा वीरगञ्जस्थित चिल्ड्रेन वर्ल्ड मा.वि.मा भोजपुरी संस्कृति विषयक वक्तृत्वकला तथा मौलिक गीत प्रतियोगिता सम्पन्न भएको छ।

समाजका अध्यक्ष ध्रुवसिंह ठकुरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कक्षा ७ का विद्यार्थी सुशान्त मण्डल मौलिक गीत प्रतियोगितामा प्रथम भएका छन् भने कक्षा ८ की स्नेहा साह वक्तृत्वकला प्रतियोगितामा प्रथम भएकी छन्। प्रतियोगिताका निर्णायक स्थानीय कलाकार अजमतअलि अन्सारीले उक्त जानकारी दिएका हुन्।

Advertisement

यसैबीच, भोजपुरी शब्दकला विषयक रोचक प्रतियोगितामा पनि अधिकांश विद्यार्थीको उत्साहजनक सहभागिता रहेको समाजका सल्लाहकार मनोजकुमार मिश्रले बताए।

Advertisement

कार्यक्रम चिल्ड्रेन वर्ल्ड मा.वि.का सञ्चालक तथा प्रधानाध्यापक सुमन दास र सिम्रन दासको संयुक्त अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा शिक्षिका रोसनी साह, मुस्कान अग्रवाल तथा शिक्षक नरेन्द्र चौरसियाले सहजीकरण तथा सहयोग गरेका थिए।

कार्यक्रममा समाजका अध्यक्ष ठकुरी र स्थानीय कलाकार अजमतअलि अन्सारीले प्रस्तुत गरेको भोजपुरी गीतले विद्यार्थीहरूलाई विशेष रूपमा उत्साहित बनाएको आयोजकले जनाएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *