वीरगंज । पर्साको बहुदरमाई नगरपालिका–५ भौराटारस्थित श्री नेपाल राष्ट्रिय सीताराम माध्यमिक विद्यालयमा कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत १५० जना विद्यार्थीलाई विद्यालय झोला तथा विद्यालयलाई एक थान RO पानी फिल्टर हस्तान्तरण गरेको छ।
सोमबार आयोजित कार्यक्रममा कुमारी बैंकका प्रदेश प्रमुख अंकित पाण्डेय, सञ्चालन प्रमुख रञ्जित यादव, बहुदरमाई नगरपालिका–५ का वडा अध्यक्ष सुनील महतो कोइरी, समाजसेवी जय साह, विद्यालयका प्रधानाध्यापक, शिक्षक, स्थानीय अगुवा तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै सहभागीहरूले शिक्षा, स्वच्छ खानेपानी र विद्यार्थीमैत्री वातावरण निर्माणमा यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमले सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।
कार्यक्रममा बहुदरमाईको समग्र विकास केवल भौतिक पूर्वाधार निर्माणबाट मात्र सम्भव नहुने, शिक्षा, स्वास्थ्य, स्वच्छता तथा अवसरको समान पहुँच सुनिश्चित गर्न निजी क्षेत्र, स्थानीय सरकार र समुदायबीचको सहकार्य आवश्यक रहेको धारणा पनि व्यक्त गरिएको थियो।


