Categories समाचार

वीरगञ्ज–१ मा वडा बजेटको सडक २४ घण्टामै भत्कियो, गुणस्तरमाथि प्रश्न

Advertisement

वीरगञ्ज। वीरगञ्ज महानगरपालिका–१ मा वडा बजेटबाट निर्माण गरिएको सडक निर्माण सम्पन्न भएको २४ घण्टा नबित्दै भत्किएको छ। सडक एक दिनमै क्षतिग्रस्त भएपछि निर्माण कार्यको गुणस्तर, प्राविधिक अनुगमन तथा सम्बन्धित निकायको जिम्मेवारीमाथि प्रश्न उठेको छ।

स्थानीयका अनुसार सडक निर्माण सम्पन्न भएको भोलिपल्ट नै सतह उप्किन थालेको र विभिन्न स्थानमा भत्किएको देखिएको हो। यस घटनाले सार्वजनिक बजेटको सदुपयोग र निर्माण कार्यको प्रभावकारितामाथि समेत चासो बढाएको छ।

Advertisement

हाल उक्त वडाका वडाध्यक्ष मनोज कुर्मी रहेका छन्। वडा बजेटबाट निर्माण गरिएको सडक छोटो समयमै भत्किएपछि स्थानीयवासीले निर्माण कार्यको निष्पक्ष छानबिन गर्न, गुणस्तर परीक्षण गर्न तथा कमजोरी भेटिए ठेकेदार, प्राविधिक र जिम्मेवार पदाधिकारीमाथि आवश्यक कारबाही गर्न माग गरेका छन्।

Advertisement

सार्वजनिक पूर्वाधार निर्माणमा गुणस्तर सुनिश्चित नगर्दा जनताको करबाट संकलित बजेटको दुरुपयोग हुने भन्दै स्थानीयले यस्ता घटनामा सम्बन्धित निकायले जवाफदेही बन्नुपर्ने बताएका छन्।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *