Categories समाचार

पर्सामा ४ किलो बढी गाँजासहित भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ४ किलो ४५० ग्राम लागूऔषध गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाको आधारमा असार २६ गते दिउँसो करिब २ बजे ठोरी गाउँपालिका–३ बुद्धनगरस्थित सडकखण्डमा इलाका प्रहरी कार्यालय ओडारबाट खटिएको प्रहरी टोलीले भारततर्फ जाँदै गरेको BR 22 R 7168 नम्बरको भारतीय मोटरसाइकललाई रोकी जाँच गरेको थियो।

Advertisement

जाँचका क्रममा मोटरसाइकलको डिक्कीभित्र रातो प्लास्टिकले बेरेर लुकाइछिपाइ राखिएको ४ किलो ४५० ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

Advertisement

घटनामा भारतको बिहार राज्य, पश्चिम चम्पारण निवासी २२ वर्षीय रुपेश कुमारलाई मोटरसाइकलसहित नियन्त्रणमा लिइएको छ। पक्राउ परेका उनीमाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *