Categories समाचार

काठमाडौं जाने दुई प्रमुख सडकमा सवारी सञ्चालन रोक

Advertisement

वीरगंज । जिल्ला प्रशासन कार्यालय मकवानपुरले अविरल वर्षाका कारण उत्पन्न बाढी, पहिरो तथा खोलानालामा पानीको बहाव बढेपछि जिल्लाका विभिन्न सडकखण्डमा सवारी सञ्चालनमा रोक लगाएको छ।

प्रशासनले जारी गरेको अत्यन्त जरुरी सूचनाअनुसार, २०८३ असार २८ गते रातिदेखि परेको लगातार वर्षाका कारण सडक यातायात प्रभावित भई उच्च जोखिमको अवस्था सिर्जना भएकाले यात्रुको सुरक्षालाई ध्यानमा राख्दै यो निर्णय गरिएको हो।

Advertisement

सूचनाअनुसार हेटौंडा–ठिंगन–बागमती–ललितपुर सडकखण्ड अन्तर्गत चौघडा क्षेत्रमा असार २९ गते साँझ ५ बजेदेखि अर्को सूचना जारी नभएसम्म सवारी साधन सञ्चालन रोकिएको छ।

Advertisement

त्यस्तै हेटौंडा–भैंसे–भीमफेदी–देउराली–सिस्नेरी–काठमाडौं सडकखण्ड अन्तर्गत चौकीटोल, हेटौंडा मा असार २९ गते साँझ ५ बजेदेखि असार ३० गते बिहान ५ बजेसम्म सवारी सञ्चालन नगर्न प्रशासनले निर्देशन दिएको छ।

जिल्ला प्रशासनले सम्बन्धित निकाय, यातायात व्यवसायी, चालक तथा सर्वसाधारणलाई तोकिएको समय र स्थानपछि ती सडकमार्गमा सवारी सञ्चालन नगर्न, सुरक्षित स्थानमा रहन तथा मौसम र सडक अवस्थासम्बन्धी आधिकारिक सूचनाको निरन्तर पालना गर्न आग्रह गरेको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *