Categories समाचार

कटुवा पेस्तोल र गोलीसहित दुई भारतीय नागरिक पक्राउ

Advertisement

सर्लाही । सर्लाही प्रहरीले कटुवा पेस्तोल र दुई राउण्ड गोली बरामद गर्दै घटनामा संलग्न दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार, असार २८ गते प्राप्त विशेष सूचनाको आधारमा मलंगवा नगरपालिका–८ स्थित प्रादेशिक अस्पताल जाने बाटोमा रहेको एक सैलुन पसलमा खानतलासी गर्दा कुर्सीमाथि राखिएको कालो प्लास्टिकको झोलाभित्र रहेको ‘2 IN 1 VACUUM CLEANER’ लेखिएको बट्टाबाट कटुवा पेस्तोल १ थान र त्यसमा प्रयोग हुने २ राउण्ड गोली बरामद गरिएको हो।

Advertisement

बरामद गरिएको हतियार भारतको बिहार राज्य, सितामढी जिल्लास्थित बाजपट्टीका स्थायी बासिन्दा तथा मलंगवा–८ अस्पताल रोडमा सैलुन सञ्चालन गर्दै आएका राजेश कुमारको पसलबाट फेला परेको प्रहरीले जनाएको छ।

Advertisement

घटनाको अनुसन्धानका क्रममा प्रहरीले असार २९ गते ब्रह्मपुरी गाउँपालिका–४ स्थित पुल नजिकबाट हतियार राख्ने कार्यमा संलग्न भारत, बिहार, सितामढी निवासी डब्लु कुमार र उनलाई सहयोग गरेको आरोपमा महमद अबुलैस लाई पक्राउ गरेको जनाएको छ।

दुवै जनाविरुद्ध हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई जिल्ला प्रहरी कार्यालय सर्लाहीले थप अनुसन्धान अघि बढाएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *