Categories शिक्षा समाचार

विद्यालयको शैक्षिक वातावरण सुधार्न मञ्जुश्री फाइनान्सको सहयोग

वीरगञ्ज । मञ्जुश्री फाइनान्स लिमिटेड, वीरगञ्ज शाखाले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत वीरगञ्ज महानगरपालिका–७, गहवास्थित श्री माइस्थान बाल विद्या मन्दिर इन्दु लाखे आधारभूत विद्यालयलाई इन्भर्टर, ब्याट्री, शैक्षिक सामग्री तथा खेलकुद सामग्री हस्तान्तरण गरेको छ।

विद्यालयको शैक्षिक वातावरणलाई थप व्यवस्थित बनाउने, पठनपाठनलाई सहज बनाउने तथा विद्यार्थीहरूको अतिरिक्त क्रियाकलापलाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त सामग्री प्रदान गरिएको शाखाले जनाएको छ।

Advertisement

सामग्री हस्तान्तरण कार्यक्रममा मञ्जुश्री फाइनान्स लिमिटेड, वीरगञ्ज शाखाका शाखा प्रमुख दिगम्बर थापा, लायन्स क्लब (325S) का डिस्ट्रिक्ट सेक्रेटरी बासु तिमिल्सिना, कर्मचारीहरू पुकार सुबेदी र श्याम नारायण , विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिका तथा स्थानीय सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

Advertisement

कार्यक्रममा शाखा प्रमुख थापाले शिक्षा क्षेत्रमा निजी क्षेत्रको सहभागिता महत्वपूर्ण रहेको उल्लेख गर्दै सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर आगामी दिनमा पनि यस्ता समुदायमुखी कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

विद्यालय परिवारले मञ्जुश्री फाइनान्स लिमिटेडप्रति धन्यवाद ज्ञापन गर्दै प्राप्त सहयोगले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि र विद्यार्थीहरूको समग्र विकासमा सकारात्मक टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *