Categories समाचार

मधेसमा आज पनि वर्षाको सम्भावना, चट्याङ्गबाट सतर्क रहन आग्रह

वीरगंज । मनसुनी प्रणाली सक्रिय रहेकाले मधेस प्रदेशमा आज पनि वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको तराई क्षेत्र नजिक रहेकाले मधेससहित तराईका जिल्लाहरूमा मौसम सामान्यदेखि पूर्ण बदली रहनेछ। हाल मधेस प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

Advertisement

आज दिउँसो मधेसका विभिन्न जिल्लामा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। रातिको समयमा पनि प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

Advertisement

विशेषगरी नदी, खोला तथा डुबान हुने क्षेत्रका बासिन्दा, किसान र यात्रुले मौसमको अवस्थाबारे जानकारी लिएर मात्र बाहिर निस्कन तथा चट्याङ्गका बेला खुला स्थानमा नबस्न मौसमविद्हरूले सुझाव दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *