Categories समाचार

औराहा स्वास्थ्य चौकीमा मञ्जुश्री फाइनान्सद्वारा स्वास्थ्य सामग्री र प्याड भेन्डिङ मेसिन हस्तान्तरण

वीरगञ्ज। मञ्जुश्री फाइनान्स लिमिटेडको वीरगञ्ज शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत पर्साको जगरनाथपुर गाउँपालिकास्थित औराहा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री तथा स्यानिटरी प्याड भेन्डिङ मेसिन हस्तान्तरण गरेको छ।

वीरगञ्ज शाखाका शाखा प्रबन्धक दिगम्बर थापा क्षेत्रीले गाउँपालिकाका प्रतिनिधिहरूको उपस्थितिमा स्वास्थ्य चौकीका इन्चार्ज पप्पु कुमार रौनियारलाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो।

Advertisement

फाइनान्सका अनुसार महिलाको महिनावारी स्वच्छता प्रवर्द्धन, आधारभूत स्वास्थ्य सेवाको पहुँच र गुणस्तरमा सुधार तथा समुदायमा स्वास्थ्य सचेतना बढाउने उद्देश्यले स्वास्थ्य सामग्री उपलब्ध गराइएको हो।

Advertisement

मञ्जुश्री फाइनान्सले सामाजिक उत्तरदायित्वलाई संस्थागत प्राथमिकतामा राख्दै शिक्षा, स्वास्थ्य र समुदायको समग्र विकाससँग सम्बन्धित यस्ता कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *