Categories समाचार

धान रोपिरहेका बेला पर्सामा चट्याङ, सात महिला घाइते; एकको अवस्था गम्भीर

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिकामा धान रोपिरहेका बेला परेको चट्याङबाट सात जना महिला घाइते भएका छन्।

जिल्लाको पकहामैनपुर गाउँपालिका–१ धोरेस्थित सिधौलिया जाने सीमावर्ती क्षेत्रमा खेतमा धान रोप्ने क्रममा अचानक चट्याङ पर्दा उनीहरू घाइते भएको प्रहरीले जनाएको छ।

Advertisement

घाइते हुनेमा ५५ वर्षीया शान्तिदेवी सहनी, ५५ वर्षीया राधिका देवी सहनी, ५५ वर्षीया रिता देवी सहनी, ५२ वर्षीया कुश्मी देवी सहनी, ४२ वर्षीया सन्ध्या देवी, ३५ वर्षीया प्रमिला सहनी र ३५ वर्षीया संगीता देवी रहेका छन्।

Advertisement

घाइतेमध्ये कुश्मी देवी सहनीको अवस्था गम्भीर रहेको बताइएको छ। अन्य घाइतेहरूको उपचार भइरहेको छ। प्रहरीले घटनाबारे थप विवरण संकलन गरिरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *