वीरगञ्ज । बैंकिङ कसुर मुद्दामा अदालतबाट ३ दिन कैद र ४ लाख रुपैयाँ जरिवाना सजाय तोकिएका फरार प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–१४ निवासी २७ वर्षीय सुरेन्द्र पटेललाई बिहीबार बिहान करिब १० बजे वीरगञ्ज–१२ श्रीपुर क्षेत्रबाट पक्राउ गरेको हो।
पक्राउ परेका पटेललाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी फैसला कार्यान्वयनका लागि पर्सा जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता चक्र बहादुर मल्लले जानकारी गराए ।


