Categories समाचार

जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट फरार लागुऔषध मुद्दाका कैदी पर्साबाट पक्राउ

वीरगंज । लागुऔषध मुद्दामा २ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना सजाय तोकिएका जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार भएका एक जना कैदीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरी टोलीले पर्साको ठोरी गाउँपालिका–४ निवासी २४ वर्षीय निकेश श्रेष्ठलाई असार ३१ गते साँझ करिब ६:३० बजे आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको हो।

Advertisement

प्रहरीका अनुसार श्रेष्ठलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित कारागार कार्यालय पठाउने प्रक्रिया अघि बढाइएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *