Categories समाचार

सोलखपुर जंगलबाट अवैध सालको गोलिया काठ बरामद

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–३१ सोलखपुरस्थित जंगल क्षेत्रबाट अवैध रूपमा कटान गरी लुकाईछिपाई राखिएको सालको गोलिया काठ सशस्त्र प्रहरी र वन कार्यालयको संयुक्त टोलीले बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साका अनुसार विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बलको सुबेश बेलवाबाट सशस्त्र प्रहरी नायब निरीक्षक नारायण प्रसाद अधिकारीको नेतृत्वमा खटिएको टोली तथा सब–डिभिजन वन कार्यालय सबैयाका रेञ्जर भुपाल रोकायको नेतृत्वमा खटिएको संयुक्त टोलीले बिहीबार अपराह्न सोलखपुर जंगल क्षेत्रमा खोजतलास गरेको थियो।

Advertisement

खोजतलासका क्रममा जंगलको छेउमा लुकाईछिपाई राखिएको अवस्थामा करिब २१ क्यूबिक फिट सालको गोलिया काठ बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

Advertisement

बरामद काठलाई आवश्यक कानुनी कारबाहीका लागि सोही दिन सब–डिभिजन वन कार्यालय सबैयामा बुझाइएको सशस्त्र प्रहरी बल नं. १३ गण मुख्यालय पर्साका सूचना अधिकारी तथा सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *