Categories समाचार

एक रुपैयाँ घुस खाए पनि कारबाही गर्छु : गृहमन्त्री गुरुङ

वीरगञ्ज । गृहमन्त्री सुधन गुरुङले आफ्नो मातहतका कुनै पनि कर्मचारीले एक रुपैयाँ मात्र घुस लिएको जानकारी पाए पनि आफैं कारबाहीमा उत्रिने चेतावनी दिएका छन्।

शुक्रबार साँझ जिल्ला प्रशासन कार्यालयका कर्मचारीसँगको भेटमा उनले भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाइने स्पष्ट गर्दै बिचौलियाको चलखेल पनि स्वीकार्य नहुने बताए। कर्मचारीले सेवाग्राहीसँग शिष्ट व्यवहार गर्नुपर्ने, जनतालाई सहज सेवा दिनुपर्ने र आफू कर्मचारीको समस्या समाधान गर्न तयार रहेको उनले बताए।

Advertisement

गृहमन्त्री गुरुङले सुशासनको सुरुवात आफ्नै गृहजिल्लाबाट गर्नुपर्नेमा जोड दिँदै देशभर सकारात्मक सन्देश फैलाउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिए।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *