Categories समाचार

१८ वर्षपछि कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

सिरहा । सिरहामा १८ वर्षदेखि फरार रहेका कर्तव्य ज्यान मुद्दाका एक प्रतिवादी पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार २०६५ भदौ ३ गते दाइजोको विषयलाई लिएर बरियारपट्टी गाउँपालिका–५ निवासी करिब २५ वर्षीया चन्द्रिका देवी रायमाथि धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाइएको थियो।

Advertisement

भारतको बिहारस्थित पटना र त्यसपछि बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारका क्रममा भदौ १९ गते उनको मृत्यु भएको थियो।

Advertisement

घटनापछि फरार रहेका प्रतिवादीमध्ये करिब ६० वर्षीय रामनाथ रायलाई गोप्य सूचनाका आधारमा शुक्रबार बिहान ११ः२० बजे बरियारपट्टी गाउँपालिका–५ झिजौलस्थित आफ्नै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका प्रतिवादीमाथि थप अनुसन्धान भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *