मोरङ। मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरूमाथि यौनजन्य दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई शिक्षकसहित तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सुन्दरहरैँचा–१० निवासी ४० वर्षीय प्रदीप भट्टराई, सुन्दरहरैँचा–२ निवासी ३० वर्षीय किशोरलाल गच्छदार र सुन्दरहरैँचा–१२ निवासी ३५ वर्षीय अबिरल मास्के रहेका छन्। पक्राउ परेकामध्ये भट्टराई विद्यालयका सवारी चालक तथा गच्छदार र मास्के सोही विद्यालयका शिक्षक रहेको प्रहरीले जनाएको छ।
मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार विद्यालयभित्र तथा सामाजिक सञ्जालमार्फत विद्यार्थीलाई यौनजन्य दुर्व्यवहार गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


