Categories समाचार

श्रीमानसँग विवादपछि युवतीद्वारा आत्मदाहको प्रयास

वीरगंज । काठमाडौं महानगरपालिका–६ बौद्ध गेट नजिक एक युवतीले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकी छन्।

प्रहरीका अनुसार काभ्रेको तेमाल गाउँपालिका–३ घर भई हाल बौद्ध बस्दै आएकी २७ वर्षीया सालु गुरुङले सोमबार राति करिब २ः५० बजे आफ्नै खाजा पसलको पछाडिपट्टि रहेको पार्किङ क्षेत्रमा शरीरमा पेट्रोल छर्केर आगो लगाएकी हुन्।

Advertisement

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार गम्भीर घाइते भएकी गुरुङलाई उनका श्रीमानले तत्काल शुस्मा कोइराला मेमोरियल अस्पताल, साँखु पुर्‍याएका थिए। त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा रिफर गरिएको छ।

Advertisement

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार श्रीमानसँग भएको विवादपछि उनले आत्मदाहको प्रयास गरेकी हुन्। घटनामा उनको अनुहार, छाती तथा दुवै हात गरी शरीरको करिब ५० प्रतिशत भाग जलेको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *