Categories समाचार

अवरोध चिर्दै वि.पी. उद्यान जनतालाई सुम्पिन्छौं : राजेशमान सिंह

वीरगंज । निलम्बनमा रहेका वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले वि.पी. जयन्तीको अवसरमा वि.पी. उद्यान, मधेसी उद्यान र रेल्वे सङ्ग्रहालय सर्वसाधारणका लागि खुला गर्ने आफ्नो इच्छा केही व्यक्तिको अवरोध र संवैधानिक निकायको निर्णयका कारण पूरा हुन नसकेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सिंहले उक्त योजना तत्काल कार्यान्वयन गर्न नसकिएकोमा दुःख व्यक्त गरेका हुन्। उनले केही व्यक्तिको संकीर्ण सोच, अनावश्यक अवरोध तथा संवैधानिक निकायको गलत निर्णयका कारण कार्यक्रम रोकिएको दाबी गरेका छन्।

Advertisement

सिंहले भनेका छन्, “जनताको हितका लागि सुरु भएको यात्रा कसैको व्यक्तिगत स्वार्थ वा गलत निर्णयले सधैंका लागि रोक्न सक्दैन।”

Advertisement

उनले कानुनी तथा लोकतान्त्रिक प्रक्रियाको सम्मान गर्दै सबै अवरोध पार गरेर वि.पी. उद्यान, मधेसी उद्यान र रेल्वे सङ्ग्रहालय छिट्टै जनतामाझ समर्पित गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

सिंहले वीरगंजबासीको माया, विश्वास र साथ नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै समृद्ध, सुन्दर र गौरवशाली वीरगंज निर्माणको यात्रालाई निरन्तर अघि बढाउने विश्वास व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *