Categories समाचार

२८ लाख रुपैयाँ जरिवाना तोकिएर फरार रहेका जैसवाल पक्राउ

Advertisement

वीरगंज । राजस्व चुहावट मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाको आधारमा खटिएको फैसला कार्यान्वयन टोलीले वीरगंज महानगरपालिका–१६ निवासी ३९ वर्षीय अशोक जैसवाललाई साउन ५ गते साँझ करिब ६:५० बजे इनर्वा गाउँ सडकखण्डबाट पक्राउ गरेको हो।

Advertisement

उनीविरुद्ध सम्मानित उच्च अदालत जनकपुर, वीरगंज इजलासले राजस्व चुहावट मुद्दामा ३ महिना कैद र २८ लाख रुपैयाँ जरिवाना सजाय तोकेको थियो।

Advertisement

पक्राउ परेका जैसवाललाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी फैसला कार्यान्वयनका लागि पर्सा जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *