Categories समाचार

नासपातीका क्रेटभित्र लुकाइएको गाँजा बरामद, तीन जना पक्राउ

सिरहा । सिरहाको लहान नगरपालिका–३ नयाँ बस्ती टोलबाट प्रहरीले ठूलो परिमाणमा गाँजा जस्तो देखिने पदार्थ बरामद गर्दै एक पिकअप गाडी र तीन जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार विशेष सूचनाका आधारमा पार्किङ गरी राखिएको बा२१च ५६६६ नम्बरको योद्धा पिकअप गाडीमा खानतलासी गर्दा नासपातीका क्रेटभित्र बोरामा लुकाइराखिएको गाँजा जस्तो देखिने पदार्थ फेला परेको हो।

Advertisement

प्रहरीले बरामद गरेको उक्त पदार्थको तौल प्लास्टिकसहित ६६३ केजी र प्लास्टिक हटाएपछि ६५२ केजी रहेको जनाएको छ। साथै गाडीमा रहेका नासपातीका ४६ वटा क्रेट (कुल तौल ९,९२० केजी) पनि नियन्त्रणमा लिइएको छ।

Advertisement

घटनामा संलग्न रहेको आरोपमा लहान नगरपालिका–३ का ३८ वर्षीय श्याम कुमारी साह, भारतको बिहार राज्य, मधुवनी जिल्ला घर भई हाल लहान–३ बस्दै आएका ४० वर्षीय गौरव महतो तथा उनका १९ वर्षीय छोरा शिवम साहलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

बरामद पिकअप, गाँजा जस्तो देखिने पदार्थ र अन्य सामग्री नियन्त्रणमा लिएर लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *