Categories समाचार

चिकित्सा शिक्षा सुधारका मागसहित डा. केसी पुनः अनशनमा

वीरगंज । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले बिहीबार दिउँसो ३ बजेदेखि धनगढीमा अनशन सुरु गर्ने भएका छन्। अनशनका लागि उनी बुधबार नै धनगढी पुगेका हुन्।

उनका सहयोगी डा. अमृत जैशीका अनुसार धनगढी–१ स्थित कृष्ण मन्दिरको धर्मशालामा अनशनको तयारी गरिएको छ। अनशन सुरु गर्नु अघि पत्रकार सम्मेलनमार्फत आफ्ना माग सार्वजनिक गरिनेछ।
सरकारले गेटामा मेडिकल विश्वविद्यालय सञ्चालनको तयारी गरिरहेका बेला डा. केसीले अनशन घोषणा गरेपछि सुदूरपश्चिममा यसको विरोध पनि सुरु भएको छ।

Advertisement

स्थानीय विरोधकर्ताले गेटा मेडिकल विश्वविद्यालय सञ्चालन रोक्ने उद्देश्यले अनशन गर्न लागिएको आरोप लगाएका छन्।
यता डा. केसीले भने माफिया र तिनका मतियारको स्वार्थ पूरा गर्न हतारमा ‘शहीद दशरथ चन्द मेडिकल विश्वविद्यालय ऐन’ ल्याइएको आरोप लगाएका छन्।

Advertisement

विश्वविद्यालय सञ्चालन गर्ने हो भने त्रिभुवन विश्वविद्यालयको चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) वा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत सञ्चालन गर्नुपर्ने उनको धारणा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *